एशियाली पदक बिजेता पाराग्लाईडिङ्ग खेलाडी सम्मानित


ईन्डोनेसियाको जाकार्ता र पालेम्बाङ्गमा सम्पन्न १८ औं एशियाली खेलकुदमा नेपालको लागि एक मात्र पदक रजत पदक प्राप्त गर्न सफल पाराग्लाईडिङ्गका खेलाडी, प्रशिक्षक, ब्यवस्थापक र संघलाई राष्ट्रिय खेलकुद परिषदले एक कार्यक्रमको आयोजना गरि प्रशंसा पत्र सहित पूर्व घोषित पुरस्कार रासीले सम्मान गरेको छ ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजना भएको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले खेलाडीहरुलाई प्रशंसा पत्र सहित नगदले सम्मान गरे ।
बिजयी खेलाडीहरु प्रत्येकले नगद ५ लाख, प्रशिक्षकले ३ लाख, सहायक प्रशिक्षकले १ लाख ५० हजार र संघले नगद ६ लाख प्राप्त गरे ।
नेपाली पाराग्लाईडिङ्गले पहिलो सहभागीतामानै नेपालको लागि पदक दिलाउन सफल भएको हो । नेपालले पाराग्लाईडिङ्गको क्रसकन्ट्रिमा रजत पदक हात पारेको हो । टिम ईभेन्ट्समा एशियाली खेलकुदमा पदक प्राप्त गरको यो नै पहिलो पटक हो । उक्त पदक जित्ने टोलीमा कप्तान बिमल अधिकारी, बिशाल थापा, सुशिल गुरुङ्ग, बिजय गौतम तथा युकेश गुरुङ्ग रहेका छन् । प्रशिक्षकमा सानुबाबु सुनुवार, सहायक प्रशिक्षकमा योगेश भट्टराई र ब्यवस्थापकमा संघका महासचिव शैलेन्द्र राउत रहेका थिए ।
यस अगि खेलाडीहरुलाई बाजा गाजा सहित बग्गीमा राखेर राखेप त्रिपुरेश्वर देखि न्यूरोडगेट, रत्नपार्क हुंदै कार्यक्रम स्थल राष्ट्रिय सभागृह लगिएको थियो ।
खेलाडीहरुलाई बधाई दिंदै मन्त्री सुनारले अपेक्षाकृत सफलता हात पार्न नसकेको र एक रजत पदकमानै चित्त बुझाउनु परेको भन्दै त्यसको समिक्षा गर्ने बताए । खेलकुदको हालको तयारी र पूर्वाधारमा खासै ठुलो उपलब्धि अपेक्षा नगरेको भन्दै जुन खेलबाट मेडलको आशा गरिएको थियो त्यसबाट बिमुख हुनु परेको बताए । पूर्वाधार र पर्याप्त लगानीनै उपलब्धिको आधार भएको मन्त्री सुनारले बताए । पाराग्लाईडिङ्गमा राज्यको लगानी नभएको भन्ने गुनासो प्रति स्पष्ट पार्दै मन्त्री सुनारले मन्त्रालयको ध्यान यस खेल तर्फ गईसकेको बताए । खेलाडीहरुले जुन किसिमको उचित बाताबरण प्राप्त गर्नु पर्ने हो त्यो उपलब्ध हुन नसकेको बताए । हाम्रो जस्तो अल्पबिकसित देशलाई बिश्वसामु चिनाउने एक मात्र सशक्त माध्ययम खेलकुद क्षेत्र भएको बताए । खेलकुद क्षेत्रको बिकासनै राज्यको समृद्धिको माध्यम रहेको भन्दै खेलाडीहरुलाई मात्र दोष दिएर हामी मुक्त हुँदैनौं खेलाडीहरुलाई आधुनिक किसिमको प्रशिक्षण प्रदान गर्नु पर्ने र त्यसको लागि प्रशिक्षकहरुलाई पनि आधुनिक किसिमको शिक्षा र तालिमको आवश्यकता रहेको बताए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All