सुजन र सुनिलको जोडी बिजयी


ललितपुर जिल्ला खेलकुद बिकास समितिका सुजन खतिवडा तथा सुनिल योञ्जनको जोडी राष्ट्रिय खेलकुद परिषदको ५५ औं बार्षिकोत्सव खेलकुद दिवशको अवसरमा आयोजित ब्याडमिन्टन पुरुष युगलको उपाधी जित्न सफल भएका छन् ।
खतिवडा र योञ्जनको जोडीले राष्ट्रिय खेलकुद परिषद् खेलकुद बिज्ञान प्रतिष्ठानका तुलसी नारायण महर्जन र बिकास बिक्रम शाहको जोडीलाई २१ । १९, २१ । ११ ले पराजित गर्दै जित हात पारेका हुन् । तेश्रो स्थानमा गत बर्षका बिजेता युवा तथा खेलकुद मन्त्रालयका लक्ष्मी प्रसाद भट्टराई र सागर सिग्देलको जोडी तथा केन्द्रका फणिन्द्र पौडेल र श्याम अधिकारीको जोडी रहे ।
यस्तै महिला तर्फको उपाधी खेलकुद बिज्ञान प्रतिष्ठानकी रिता मैया प्रजापती र तालिम तथा प्रशिक्षण विभागकी रेखा बस्नेतको जोडीले हात पा¥यो । प्रजापती र बस्नेतको जोडीले ललितपुर जिल्ला खेलकुद बिकास समितिका रिता चौलागाई र बिमला जोशीको जोडीलाई २१ । १३ र २१ । १२ ले पराजित ग¥यो । केन्द्रका राधा श्रेष्ठ र सरस्वती के.सी.को जोडी तथा सिता अधिकारी र गुञ्जु गुरुङ्गको जोडीले तेश्रो स्थानमा चित्त बुझायो ।


समाचार / गतिबिधि View All

Upcoming Events View All