इटालीसँग हा¥यो नेपाल
जर्जियामा जारी ४३औं चेस ओलम्पियाडको सातौं चरणमा नेपालको पुरुष टोली इटालीसँग २.५–१.५ ले पराजित भएको छ । सोमबार राती भएको खेलमा नेपालले अन्तिम क्षणमा इटालीसँग बराबरी गर्ने मौका गुमाएको थियो । हार सँगै नेपाले आठ अंक बनाएको छ  ।
नेपालका सिएम हिमाल लामाले इटालीका माकल गाडेनालाई हराए । हिमाल जारी ओलम्पियाडमा जिएमलाई पन्छाउने दोस्रो नेपाली खेलाडी हुन् । यही प्रतियोगिताको पहिलो चरणमा नेपालका रिजेन्द्र राजभण्डारीले क्यानडाका जिएमलाई हराएका थिए । तीन जना जिएम र एक आईएमसँग भिडेको नेपाली टोलीमध्ये रिजेन्द्रले आइएम अलेसियो भाल्सेचीलाई बराबरीमा रोकेका थिए । अर्को बोर्डमा मदनकृष्ण कायस्थ लुका मोरोनीसँग र रुपेश जैसवाल साविनो ब्रनेलोसँग पराजित भए । आठौं चरणमा नेपालले आयोजक जर्जिया–२ सँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी महिलातर्फ सातौं चरणमा नेपाल विजयी भएको छ । नेपालले सोमबार राती भएको खेलमा सुरिनामलाई २.५–१.५ ले हरायो । नेपालकी मोनालिसा खम्बुले अलेक्ससान्द्रालाई र सुजना लोहनीले रेना फ्रिज्डेलाई हराए । सिन्दीरा जोशीले क्याथरिन कास्लानलाई बराबरीमा रोक्न सफल भईन् । शुसिला गुरुङ क्यातलिन तिजोङ जोइसँग पराजित भएकी थिइन् । आठौं चरणमा नेपालको महिला टोलीले निकारागुवासँग प्रतिस्पर्धा गर्नेछ ।

समाचार / गतिबिधि View All

Upcoming Events View All