नेपाल जर्जियासँग पराजित
त्रिचालीसौं चेस ओलम्पियाडकमा नेपाली पुरुष टोलीको उपाधि यात्रा केही कमजोर बनेको छ । मंगलबार राती भएको आठौं चरणको खेलमा नेपाल आयोजक जर्जिया–२ सँग ३.५–०.५ ले पराजित भयो । उपाधिका लागि अव नेपाललाई बाँकी खेलमा उत्कृष्ट प्रर्दशन गर्नु पर्नेछ । समूह डीमा आठ अंक बनाएको नेपाल दोस्रो स्थानमा झरेको छ । समान अंक बनाएको दक्षिण कोरिया शिर्ष स्थानमा उक्लिएको छ ।
जर्जियासँग नेपालका लागि विवेक थिङले मात्र बराबरी नतिजा निकालेका थिए । उनले डाभिट माघालासाभिलीलाई बराबरीमा रोके । रिजेन्द्र राज भण्डारी गिगा क्युपाराडेजसँग, रुपेश जैसवाल इराक्ली बेराडजे र हिमाल लामा लुका पिचाडेजसँग पराजित भएका थिए । नवौं चरणमा नेपालले युगान्डासँग प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी महिलातर्फ आठौं चरणमा नेपाल निकारागुवासँग २.५–१.५ ले पराजित भयो । नेपालकी सुजना लोहनीले जोहन लियोन सान्डोभललाई हराईन् । मोनालिसा गम्बुले इलन जोएनीसँग बराबरी खेलिन् भने सिन्दीरा जोशी मारिया स्थारसँग र खुश्बु थापा जोस मारियासँग पराजित भएकी थिईन् । नवौं चरणमा नेपालले ट्रिनिडाड एन्ड टोवाकोसँग प्रतिस्पर्धा गर्नेछ ।

समाचार / गतिबिधि View All

Upcoming Events View All