थापा र उप्रेती सिंगापुर प्रस्थान

एसोसिएसन अफ एसिया स्पोर्ट्स इन्स्टिच्यूटको कोंग्रेसमा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य गंगाबहादुर थापा र राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेती सोमबार सिंगापुर प्रस्थान गरेका छन् । नोभेम्बर ७ देखि ९ तारिखसम्म हुने कोंग्रेसमा ४० देशको सहभागिता रहने निर्देशक उप्रतीले जनाएका छन् । कोंग्रेसमा ह्युम्यान बायो मेकानिक्स, बायो सोसियल, इभाइरोमेन्टलगायतका विषयमा छलफल हुने बताइएको छ ।


समाचार / गतिबिधि View All

Upcoming Events View All