शर्मा एशियन मार्शल आर्टस्को महासचिवमा चयन


नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा एशियन मार्शल आर्टस्को सर्वोच्च निकाय एशियन मार्शल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिएका छन् । थाईल्याण्डको बैंककमा बिहिबार सम्पन्न एशियन मार्शल आर्टस् गेम्स कमिटिको बैठकले शर्मालाई चार बर्षका लागि महासचिवमा चयन गरेको हो । सोहि बैठकले उक्त कमिटीको अध्यक्षमा भारतका बि.के.भरतलाई चयन गरेको छ ।
भारत, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुवई, रसिया, टर्की लगायत देश आवद्ध रहेको कमिटीको अन्य पदाधिकारीहरु जर्मनीमा रहेको बिश्व मार्शल आर्टस् गेम्स कमिटीको अन्तराष्ट्रिय हेडक्वाटर संग समन्वयमा अध्यक्ष तथा महासचिवले चयन गर्ने महासचिव शर्माले जानकारी गराए ।


समाचार / गतिबिधि View All

Upcoming Events View All