वल्र्ड च्याम्पियनसिप नेपालमा हुने

आठौं अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स वल्र्ड च्याम्पियनसिप नेपालमा हुने भएको छ । विश्वका विभिन्न राष्ट्रको सहभागिता रहने विश्व च्याम्पियनसिपको आयोजना गर्ने अवसर नेपालले पाएको हो ।
गत नोभेम्वर १० देखि १४ सम्म उत्तर कोरियाको पेङयाङमा भएकोे अन्तर्राष्ट्रिय मार्सल आर्ट्स महासंघको बैठकमा नेपालका तर्फबाट एनएमएमजीसीका प्रमुख सल्लाहकार राजकुमार थापाले सहभागिता जनाएका थिए । उक्त बैठकले वल्र्ड च्याम्पियनसिप नेपालमा आयोजना गर्न स्वीकृति दिएको हो ।
सन् २०१९ मा आयोजना हुने वल्र्ड च्याम्पियनसिपका व्यवस्थापनका लागि नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघले एक हजार एक सय मुल आयोजक समिति गठन गरेको छ । यसैगरी तयारी तथा ब्यवस्थापनका लागि सचिवालय पनि गठन गरिएको छ । राजकुमार थापाको संयोजकत्वमा १५ सदस्यीय सचिवालय गठन गरिएको छ । वल्र्ड च्याम्पियनसिपमा विभिन्न राष्ट्रका चार हजार खेलाडी सहभागी हुने विश्वास गरिएको छ ।


समाचार / गतिबिधि View All

Upcoming Events View All