लालीगुराँस पहिलो


काठमाडौं, पुस २१ गते ।
लालीगुराँस क्लबले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा महिला फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजना तथा नेपाल अपाङ्ग फुटबल संघको व्यवस्थापनमा भएको प्रतियोगिताको फाइनलमा लालीगुराँसले हिमाल क्लबलाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि सम्झना शर्माले दुवै गोल गरिन् । हिमालकी रश्मिला शेर्पाले १ गोल फर्काइन् । सानो गौचरणमा भएको प्रतियोगितामा डाँफे क्लब तेश्रो भयो ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागकी प्रशासकीय अधिकृत दीपा बाँस्तोलाले उद्घाटन गरेकी थिइन् ।


समाचार / गतिबिधि View All

Upcoming Events View All