टिम ‘ए’ पहिलो

पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा बहिरा क्रिकेट प्रतियोगितामा टिम ‘ए’ पहिलो भएको छ ।

मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा टिम ‘ए’ ले टिम ‘बी’ लाई १ सय ५ रनको फराकिलो अन्तरले पराजित ग¥यो ।

टस जितेर पहिले ब्याटिङ गरेको टिम ‘ए’ ले निर्धारित २० ओभरमा १ सय ५६ रनको योगफल खडा गरेको थियो । सुबोध थापाले ३३, मोहम्मद सब्बिरले ३१, कृष्ण धामीले १५, विजयकुमार राईले १४ र प्रशान्त सुवेदीले १३ रन जोडे ।

जवाफमा टिम ‘बी’ ५१ रनमा समेटियो । रोशन मगरले १२ तथा छविलाल पौडेलले ७ रन बनाए । टिम ‘ए’ का ललन चौधरी उत्कृष्ट बलर तथा सुबोध थापा उत्कृष्ट ब्याट्सम्यान चुनिए । टिम ‘ए’ कै मोहम्मद सब्बिर ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए भने विजेतालाई राखेपका सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।


समाचार / गतिबिधि View All

Upcoming Events View All