रियालाई स्वर्ण


आज मिती २०७५ पौष २४ गते बिराटनगर टेबुल टेनिस कभर्ड हलमा सम्पन्न चौथो पारा टेबुल टेनिस प्रतियोगीताको लेडिज सिङल्स स्ट्याण्डिङ तर्फ रिया दाहाल ले पुनम राजबंशी लाई ११९५, ११९७, १२९१० ले पराजित गरि प्रथम स्थान हासिल गरिन् । मेन्स सिङल्स व्हीलचेयरतर्फ राम कुमार साहनीले सोनु दासलाइ ११९४, ११९६, ११९५ ले पराजित गरि प्रथम स्थान हासिल गरे । सोही इभेन्टमा सन्जय थापा र मजाहिद अंसारीले संयुक्त रुपमा तेस्रो स्थान हासिल गरे । मेन्स सिङल्स स्ट्याण्डिङतर्फ ३ पल्टका राष्ट्रिय च्याम्पियन बिबेक राइले स्वीकृत न्यौपानेलाई ११९९, ११९५, ११९९ ले पराजित गरि प्रथम स्थान हासिल गरे। सोही इभेन्टमा मोहन कुमार योङ हाङ र दिपक बस्नेत संयुक्त रुपमा तेस्रो स्थान हासिल गरे । प्रतियोगीताको उद्घाटन राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशव बिष्टले गर्नु भयो भने समापन तथा पुरस्कार बितरण बिराटनगर महानगरपालिकाकि उप मेयर इन्दिरा कार्की ले गर्नु भयो।


समाचार / गतिबिधि View All

Upcoming Events View All