राष्ट्रिय खेलकुद परिषद्

त्रिपुरेश्वर, काठमाडौं, नेपाल
राष्ट्रिय खेलकुद परिषद्
Read more
AVAILABLE ON
Loading...
| महत्त्वपूर्ण सूचना
| नवीनतम समाचार
June 25, 2024
समाचार

पारा तथा विशेष खेलकुद सुरु

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा पारा खेल संघहरुको व्यवस्थापनमा पारा तथा बिशेष खेलकुद प्रतियोगिता सुरु भएको छ । फरक क्षमता भएका खेलाडीहरुको खेल प्रतिभाको खोजीका लागि सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले मंगलबार उद्घाटन गर्नुभयो । विभिन्न १३ खेल विधामा प्रतिष्पर्दा हुने र सम्वन्धित संघहरुले १५ दिन भित्र प्रतियोगिताहरु सम्पन्न गर्ने प्रतियोगिता संयोजक एवम् परिषद् सदस्य पेमाडोल्मा लामाले जानकारी दिनु भयो ।

 

 

थप पढ्नुहोस्
June 14, 2024
Rugbyसमाचार

रग्बीमा कर्णाली अब्बल

कर्णालीले प्रथम यु–१५ विद्यालय खेलकुदको रग्बीमा बिहीबार दोहोरो उपाधि जितेको छ । कर्णाली छात्र/छात्रा दुवैमा पहिलो भयो ।
पोखरा रंगशालामा भएको छात्र फाइनलमा कर्णालीले कोशीलाई १–० ले पराजित गर्‍यो । मधेशले तेश्रो स्थानमा चित्त बुझायो ।
छात्राको उपाधि भिडन्तमा कर्णालीले बागमतीलाई हरायो । फाइनलमा दुवैको समान १–१ स्कोर भएपनि बागमतीले बढी नकअन पाएको आधारमा कर्णाली विजयी भएको हो । सुदूरपश्चिम तेश्रो भयो ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, राखेपका सदस्य राजेश गुरुङ र अञ्जन धमलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नु भयो। दुईदिने प्रतियोगिताको छात्र/छात्रा दुवैमा समान ७–७ प्रदेशले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

थप पढ्नुहोस्
June 14, 2024
Basketballसमाचार

बास्केटबलमा बागमतीलाई दोहोरो उपाधि

बागमतीले प्रथम यु–१५ विद्यालय खेलकुदको बास्केटबलमा बिहीबार दोहोरा उपाधि जितेको छ । बागमती ब्वाइज र गल्र्समा दुवैमा च्याम्पियन बन्न सफल भयो । दुवै फाइनलमा बागमती प्रतिद्वन्द्वी गण्डकी रह्यो ।
पोखरा रंगशालास्थित कोर्टमा भएको ब्वाइजको फाइनलमा बागमतीले गण्डकीलाई ३९–३१ ले पराजित ग¥यो । बागमतीको जितमा प्राण्जल बस्नेतले १७ अंक योगदान गरे । गण्डकीका सौभाग्य पुनले १२ अंक जोडे ।
पहिलो क्वाटरमा ४–७ ले पछि परेको बागमतीले दोश्रो क्वाटरमा १६–१२ को अग्रता लिदै समग्रमा १ अंकको अन्तरले अघि रह्यो । तेश्रो क्वाटरको समाप्तिसम्म बागमती २५–२९ ले पछि परेको थियो । तेश्रो क्वाटरमा गण्डकीले १०–५ स्कोर गरेको थियो । अन्तिम तथा चौथो क्वाटर बागमतीले १४–२ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित ग¥यो । कोशीले तेश्रो स्थानमा चित्त बुझायो ।
गल्र्सको उपाधि भिडन्तमा जरा महर्जनको ८ अंक सहयोगमा बागमतीले गण्डकीलाई १३–८ ले हरायो । बागमतीले सुरुका तीन क्वाटरमा क्रमशः ४–१, ३–२ र २–१ को अग्रता लिदै जितको आधार खडा ग¥यो चौथो क्वाटर ४–४ को बराबरीमा सकिएको थियो ।
ब्वाइजमा ७ प्रदेश तथा गल्र्समा सुदूरपश्चिम बाहेक ६ प्रदेशको सहभागिता रहेको बास्केटबल प्रशिक्षक सुनिल लामाले जनाएका छन् ।

थप पढ्नुहोस्
| महत्त्वपूर्ण लिङ्क
Preview
| हाइलाइट