नेटबल प्रशिक्षण सुरु

नेपाल नेटबल संघको आयोजनामा नेटबल प्रशिक्षक प्रशिक्षण शुक्रबारदेखि लगनखेलस्थित नेपाल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ ।
प्रशिक्षणमा २५ प्रशिक्षकसहित ४० जनाको सहभागिता रहेको आयोजक संघका महासचिव दीपक लामाले जनाएका छन् । पाँचदिने प्रशिक्षणको नेपालका लागि अस्ट्रेलियाका राजदूत ग्लेन हाइटले उद्घाटन गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *