आर्मीलाई तीन लाख सहित उपाधी

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चितवनमा जारी चौथो नेपाल कप फुटबल प्रतियोगितामा सोमबार नगद तीन लाख सहित उपाधी हात पारेको छ ।
स्पोर्टस फर अल क्लब नेपालको आयोजनामा भएको प्रतियोगितको फाइनलमा आर्मीले नेपाल प्रहरीको पुलिस क्लबलाई २ – ० गोल अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेको हो । आर्मीका लागि खेलको १९ औं मिनटमा भरत खवासले पुलिसका तीन खेलाडीलाई छलाई डिबक्स भित्रबाट सहजै गोल गर्दै अग्रता दिलाए । एक गोलले पछाडी परेको नेपाल प्रहरीले खेलमा फर्कने प्रयास स्वरुप २४ औ मिनटमा दिनेश गुरुङ्गको प्रहारलाई गोल रक्षक विकेश कुथुले बचाउ गरे । यस्तै सेनाका २६ औं मिनटमा टंक बस्नेतले हानेको बलमा आर्मीका कप्तान भरत खवासले किपरको अगाडी बाट गरेको हेड बल गोल रक्षक सोजित गुरुङ्गले बचाउ गरे । यस्तै खेलको ३० औं मिनटमा आर्मीका सुमन अर्यालले गोल गर्दै खेललाई २–० को अवस्थामा पु¥याए ।
क्याम्पाचौरमा भएको प्रतियोगिताको दोश्रो हाफमा दुवै पक्षबाट राम्रा मुभहरु भएता पनि गोल हुन नसकी खेल २–० को नतिजामा सकियो ।
विजेता आर्मीले नगद ३ लाख सहित ट्रफी र प्रमाण पत्र तथा उपविजेता पुलिसले नगद २ लाख सहित प्रमाण पत्र प्राप्त ग¥यो ।
प्रतियोगिताभरको म्यान अफ द म्याच सेनाका सुमन अर्याल घोषित भए । उच्च गोल कर्ता सेनाकै भरत खवास घोषित भए । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुलिस क्लबका रविन श्रेष्ठ घोषित भए । तीनै जनाले नगद १०÷१० हजार प्राप्त गरे ।
विजता तथा उपविजेतालाई टिमलाई राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष एवं पूर्व उपप्रधान मन्त्री कमल थापालगायतले पुरस्कार वितरण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *