तीन तेक्वान्दो प्रशिक्षक कोरिया प्रस्थान

दक्षिण कोरियामा आयोजना हुने डब्लुटिएफ स्पोट्र्स पार्टनरसिप कोचेज प्रोग्राम २०१६ मा सहभागी हुने नेपाली तेक्वान्दो टोलीलाई बिदाई गरिएको छ । कोरियाको मुजु शहर हुने उक्त कोचेज क्याम्पमा नेपालका तीन प्रशिक्षकले सहभागीता जनाउन लागेका हुन् । अगष्ट २६ देखि शुरु भइ क्याम्प दुई हप्ता सम्म चल्नेछ । शुक्रबार शिहं दरबारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रि दलजित बिके श्रीपाली प्रशिक्षकलाई शुभकामना दिदै बिदाई गरे । मन्त्रि श्रीपालीले भने“खेलक्षेत्रमा देखा परेको विवेद र विसगंतीले खेल क्षेत्रलाई केही असर पारेको छ । तर त्यसको समाधानका लागि छिटृै नयाँ गर्नेछु ।
उक्त क्याम्पमा सिन्धुपाल्चोक प्रेम भण्डारी,ललितपुरका अमिन तामाङ र काठमाडौँका शुरेस मानन्धरले नेपाली प्रशिक्षकको रुपमा सहभागीता जनाउनेछन् । तीन जना लामो समयदेखि स्वयम सेवक प्रशिक्षकको रुपम काम गर्दै आएको सहभागीता गराइएको तेक्वान्दो सघंले जनाएको छ । उनिहरु शुक्रबार रातीनै कोरिया प्रस्थान गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *