अजित र हुमी पहिलो

उपत्यकाव्यापी विद्यालयस्तरीय सडक दौड प्रतियोगिताको छात्रमा नेपाल एपीएफ स्कुलका अजितकुमार यादव र छात्रामा सीतापाइला माविकी हुमी बुढाथोकी बिहीबार पहिलो भएका छन् ।
५ किलोमिटर दूरी अजितले १६ मिनेट ३४.९ सेकेन्डमा पूरा गर्दै १० हजार नगद पुरस्कार जिते । दोश्रो भएका अरुणीका जगत नेपालीले ७ हजार तथा तेश्रो स्थानमा रहेका आदर्श इङलिस उमाविका पवनकुमार श्रेष्ठले ५ हजार नगद पुरस्कार हात पारे ।
हुमीले निर्धारित ३ किलोमिटर दूरी १३ मिनेट ३५.७ सेकेन्डमा पार गरिन् । विजेश्वरी ज्ञानमन्दिरका संगीता खड्का दोश्रो र सुजाता दर्लामी मगर तेश्रो भए । उनीहरुले पनि छात्र सरहनै नगद पुरस्कार पाए ।
३७ औं राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा शिक्षा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्द्वारा संयुक्त आयोजित प्रतियोगिताका विजेतालाई युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली र राखेप सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कृत गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *