छैटौं एनएसए पौडी प्रतियोगिता हुने

नेपाल पौडी संघको आयोजनामा छैटौं एनएसए खुला तथा उमेर समूह पौडी प्रतियोगिता अशोज ७ र ८ गते हुने भएको छ ।
दक्षिण एशियाली खेलकुद प्रतियोगिता तथा फिना विश्व पौडी च्याम्पियनसिपको छनोट प्रतियोगिता समेत रहेको प्रतियोगितामा पुरुष तर्फ ५०, १००, २०० र ४०० मि. फ्रिस्टायल, ५० र १०० बटरफ्लाई, ५०, १०० र २०० ब्रेष्ट स्ट्रोर्क, ५०, १०० र २०० ब्याकस्ट्रोक र २०० मि. व्यक्तिगत मिड्ले तथा महिला तर्र्फ , ५०, १०० र २०० फ्रिस्टायल, ५० र १०० बटरफ्लाई, ५० र १०० ब्रेष्टस्ट्रोक, ५० र १०० ब्याकस्ट्रक र २०० मि. व्यक्तिगत मिड्ले गरि कुल ३३ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।
सातदोवाटोस्थित पौडी पोखरीमा हुन प्रतियोगितामा उमेर समूहतर्फ महिला पुरुषको ३४ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले जानकारी गराए ।
यस्तै नेपाल पौडी संघले अशोज १६ देखि १९ गते सम्म पोखरामा सातौं माछापुच्छ«े कप पौडी प्रतियोगिता र ओपन वाटर आमन्त्रण पौडी च्याम्पियनसिप समेत आयोजना गर्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *