ढुक्क भएर खेल्नुस, परिषद् सहयोग गर्न तयार छ ः विष्ट

हङकङमा हुने आईसीसी वुमेन्स वल्र्ड कप क्वालिफायर– २०१६ मा सहभागी हुने नेपाली महिला क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने बताएका छन् ।
राष्ट्रिय महिला क्रिकेट टोलीको भेटलाई सम्बोधन गर्ने क्रममा सदस्य–सचिव विष्टले भने– ‘परिषद्ले यो प्रतियोगितालाई गम्भीरतापूवर्क लिएको छ । तपाईंहरुको सहभागिताका लागि आईसीसीले के कस्तो सहयोग गर्छ हेरौं । यदि त्यसमा नपुग भयो भने परिषद्ले सहयोग गर्छ, तपाईंहरु ढुक्क भए खेल्नुस् ।’
सदस्य–सचिव विष्टले नेपाली क्रिकेट र क्यानको भविष्य के होला भन्ने द्विविधामा नरहन खेलाडीलाई आग्रह गर्दै क्रिकेटको अवस्था पहिलेको भन्दा अझ राम्रो हुने बताए । उनले सरकारले उच्च प्राथमिकतामा राखेको र नतिजा पनि हासिल गर्दै आइरहेको क्रिकेटलाई निलम्बन गर्नु पर्ने कुनै कारण नभएको बताउदै निलम्बन फकुवा हुने विश्वास व्यक्त गरे ।
प्रशिक्षक राजु बस्नेतले टोलीको प्रशिक्षण विगतको भन्दा राम्रो भएको बताउदै अभ्यास खेलका लागि पनि प्रयास भइरहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *