भाटभटिनी बक्सिङका सबिना र मन्दिप सेमिमा

भाटभटेनी किक बक्सिङ कोटेश्वरका सबिना श्रेष्ठ र मन्दिप राना मगर प्रथम के ब्याग मुवाँथाई प्रतियोगिताको शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको महिला ५०–५५ केजी तौल समुहमा सबिनाले केन्द्रकी प्रीयकां कामताडलाई र मन्दिपले प्रोफेशनल ७० केजीमा नेपाल आर्मीका विरमान तामाङलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको प्रशिक्षक उमेश गुरुङले बताए । नेपाल राष्ट्रिय मुवाँथाई संघ र के ब्याग स्पोर्ट्स प्रा.लि. को संयुक्त आयोजनामा भएको पुरुष ७० केजीको प्रोफेशनलतर्फ पोखराका रुपक नेपालीले क्यूकोशिनका सानु खड्कालाई,आर्मीका चित्र शिहं ठकुरीले सातदोबाटोका मानशिहं तामाङलाई र शिन क्योकूशिनका सन्तोष तामाङले केन्द्रका सन्जू मानन्धरलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको सोही तौलकै महिलामा केन्द्रकी करुणा उप्रेतीले पोखराकी अम्बिका भूजेललाई,केन्द्रकी शर्मिला राईले पोखराकी सोनिया तामाङलाई र शिन क्यूकोशिनकी विनीता राईले आफ्नै डोजोकी मन्दिरा कार्कीलाई हराउदै अन्तिम चारमा स्थान बनाइन् । पुरुष ६० केजी तौल समुहमा पोखराका विजय शिम्खडा,चाल्नाखेलका सनिष लामा,जाउलाखेलका सागर दर्जू र केन्द्रका करण बज्रचार्य सेमीफाइनलमा स्थान बनाए । पुरुषमा ५० केजी मुनि तौलमा नदिप राई,सौगात पारी,अमित ठकुरी,सन्दिप कार्की,रितिक मगैया,सुरज तामाङ,मदन कुमार श्रेष्ठ र मिनजगं मगर अन्तिम चारमा पुग्न सफल भएको आयोजक नेपाल राष्ट्रिय मुआ थाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी गराए । प्रतियोगितामा पुरुषतर्फ ४ र महिलामा १ गरी जम्मा ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी गराए । प्रोफेसनलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् । बाँकी स्पर्धाका विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई २ हजार ५ सय नगदबाट पुरस्कृत गरिने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *