खेलकुद सचिवको स्वागत

युवा तथा खेलकुद मन्त्रालयमा हालै सरुवा भएर आएका सचिव महेश दाहाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार एक कार्यक्रमबीच स्वागत गरेको छ ।
सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले सचिव दाहाललाई मायाको चिनो प्रदान गर्दै खेलकुद सचिवको विगतको अनुभवले खेलकुदलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सचिव दाहालले मुलुकलाई पदक दिलाउने खेललाई विशेष प्राथमिकतामा राख्नु पर्ने धारणा व्यक्त गर्दै खेलकुदलाई पर्यटनसंग जोड्न सके मुलुकको अर्थतन्त्र बृद्धिमा टेवा पु¥याउन सकिने विचार राखे । उनले खेलकुद पूर्वाधारमा पनि विशेष जोड दिनु पर्ने बताए ।
त्यस अवसरमा परिषद्अन्तर्गत विभिन्न विभागका प्रमुखले परिषद्को विविध पक्ष बारे प्रकाश पारेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *