लपु टेटे खेलाडी छनोट

काठमाडौं, असोज १७ गते ।
पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७३ को मध्यमाञ्चल क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगिताका लागि ललितपुरबाट सोमबार खेलाडी छनोट भएका छन् । समान ५–५ पुरुष÷महिला गरी १० खेलाडी छनोट भएको ललितपुर जिल्ला टेबलटेनिस संघका सचिव राजेन्द्र कपालीले जनाएका छन् ।
पुरुषमा राजकुमार शाही, विपुल महर्जन, रितिज जोशी, एलेक्स महर्जन र सुयोग कपाली रहेका छन् । महिलामा अनुष्का प्रसाईं, प्रमिशा कार्की, दिपिका श्रेष्ठ, निसी अवाले र निकिता कस्ति छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *