गोजुकाई सेमिनार सम्पन्न

काठमाडौं, कात्तिक २२ गते ।
जेकेएफ गोजुकाई÷ताकुजी केन्बुकान कराते डो नेपालको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय गोजुकाई कराते तालिम सोमबार सम्पन्न भएको छ ।
दुईदिने सेमिनारमा १ सय २५ खेलाडीको सहभागिता रहेको आयोजक संघकी महासचिव एवं प्रमुख प्रशिक्षक यामकुमारी गुरुङ (अस्मिता) ले जानकारी गराइन् ।
सेमिनार विश्व जेकेएफ गोजुकाई÷ताकुजी केन्बुकानका अध्यक्ष सातौं डान क्योसी स्टानको कुमेर तथा विश्व जेकेएफ गोजुकाई÷ताकुजी केन्बुकानका सेमिनार इन्स्ट्रक्टर पाँचौं डान जेल्को तोपालोभिकले सञ्चालन गरेका थिए । सहभागीलाई सोमबारै एक कार्यmक्रमबीच प्रमाण पत्र वितरण गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *