हाप्किडोको कार्यालय उद्घाटन

नेपाल मार्शल आर्टस् हाप्किडो संघको गल्फुटारमा कार्यालय उद्घाटन गरीएको छ । कोरिया तथा बिश्व मार्शल आर्टस् हाप्किडो महासंघका अध्यक्ष ली डाई ह्युनले शुक्रबार कार्यालयन उद्घाटन गरेका हुन् ।
उनलाई कार्यालयमा नेपाल हप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर, महासचिव कुशल श्रेष्ठ लगायत पदाधिकारीले स्वागत गरेका थिए । कार्यालयको उद्घाटनपछि अध्यक्ष ह्युनले मगरको नेतृत्वमा रहेको संघ नेपालमा हप्किडो खेलको बिकास गर्न सक्षम हुने बिश्वास ब्यक्त गरेका थिए । उनले खेल बिकासका लागि प्राबिधीक जनशक्ति र ब्यवस्थापन पक्ष सबै मिलेर अघि बढ्नु पर्ने समेत बताएका थिए । अध्यक्ष ह्युनले शुक्रबार नै सभामुख ओन्सरी घर्ती मगरसँग समेत भेट गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *