ब्याडमिन्टन टोली भारततर्फ

इन्डिया इन्टरनेसनल सिरिजमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली ब्याडमिन्टन टोली शनिबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।
नोभेम्बर २२ देखि २७ तारिखसम्म हुने सिरिजमा पुरुषतर्फ दीपक बोहरा, नवीन श्रेष्ठ र विजित थापा तथा महिलामा नङ्शल तामाङ र जेशिका गुरुङले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा नेपाल ब्याडमिन्टन संघका सदस्य राजु थापा छन् ।
सिरिजपछि खेलाडीले भारतकै मुम्बईमा डिसेम्बर १ देखि ४ तारिखसम्म हुने टाटा इन्डिया इन्टरनेसनल च्यालेन्जमा पनि सहभागिता जनाउने ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जनाएका छन् ।
अध्यक्ष श्रेष्ठसहित टोलीलाई उपाध्यक्षद्वय जि नारायणबहादुर क्षेत्री र सुवास श्रेष्ठ, सचिवद्वय नवीनविक्रम शाह र ज्ञानेन्द्र सिपाईंलगायतले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *