बास्केटबलको प्रशिक्षक क्लिनिक सुरु

नेपाल बास्केटबलको आयोजनामा प्रथम एफएडिपी लेभल २ प्रशिक्षक क्लिनिक बिहिबार सुरु भएको छ । नेपालमा बास्केटबलको विकास र विस्तारको मेरुदण्डको रुपमा रहेको प्रशिक्षकहरुलाई दक्षता प्रदान गर्दै प्राविधिक जनशक्ति उत्पादन गर्न उक्त क्लिनिक आयोजना गरिएको हो । क्लिनिकको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डि शेर्पाले नेपाल ओलम्पिक कमिटि भवनमा उद्घाटन गरे । ८ दिन सम्म संचालन हुने क्लिनिकमा विभिन्न विद्यालयमा कार्यरत तथा जिल्लाका गरि ३० प्रशिक्षकहरुको सहभागिता रहेको छ । प्रशिक्षकहरुलाई फिबा एशियाका बिकास योजनाकार सिंगापुरका डा. कोह कुन टेकले ९प्यज प्ययल त्भअप० प्रशिक्षण प्रदान गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *