नेपाल फाइनलमा प्रवेश

मित्र राष्ट्र श्रीलङकामा जारी तेश्रो दक्षिण एशियाली फुटसल च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ ।
राउन्ड रोविनको आधारमा खेलाईएको प्रतियोगितामा नेपाल भारतलाई ५ – ० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । नेपालले फाइनलमा आयोजक श्रीलङकाको सामना गर्ने नेपाल फुटसल संघका अध्यक्ष देवकुमार अधिकारीले जानकारी गराए ।
दक्षिण एशियाका ५ राष्टको सहभागित रहेको प्रतियोगितामा नेपालले मालदिभ्सलाई ३ – २ ले र पाकिस्तानलाई ९ – ० गोल अन्तरले पराजित गरेको थियो ।
अध्यक्ष अधिकारीका अनुसार च्याम्पियनसिप जित्न नेपालले कम्तिमा श्रीलङका संग बराबरी खेल्नु पर्ने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *