सञ्जय सम्मानित

भारतको नयाँ दिल्लीमा गत सेप्टेम्बरमा भएको एकेएफ इन्टरनेसनल निर्णायक परीक्षामा उत्तीर्ण हुन सफल सञ्जय रन्जित सम्मानित भएका छन् ।
इन्टरनेसनल क्योकुसिनकाई कराते संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आयोजना गरेको प्रथम आईकेकेएफ नेपाल क्योकुसिन कराते राष्ट्रिय च्याम्पियनसिपको समापनका अवसरमा सम्मान गरिएको हो । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले सञ्जयलाई मायाको चिनो प्रदान गरी सम्मान गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *