तेश्रो संस्करण नेपालमा

दक्षिण एसियाली सेपाकताक्रो महासंघको चौथो बैठकले दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको तेश्रो संस्करण नेपालमा आयोजना गर्ने निर्णय गरेको छ । श्रीलंकाको कोलम्बोमा महासंघका अध्यक्ष सीताराम मास्केको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रेस सल्लाहकार रोहित दाहालले जनाएका छन् ।
दाहालका अनुसार प्रतियोगिता २०१८ को जनवरी १८ तारिखदेखि आयोजना गरिने छ । पहिलो संस्करण पनि नेपालले नै आयोजना गरेको थियो ।
प्रतियोगिताको दोश्रो संस्करण कोलम्बोमा आइतबार मात्र सम्पन्न भएको थियो । ५ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपालले पुरुष÷महिला डबल्स र रेगु गरी ४ स्पर्धामा भाग लिएको थियो । सबैमा नेपालले रजत पदक जितेको थियो ।
बैठकले यसै वर्ष युथ च्याम्पियनसिप भारतमा गर्ने तथा नेपालमै हुने १३ औं दक्षिण एसियाली खेलकुदमा सेपाकताक्रोलाई समावेश गर्न सम्बन्धित सबै राष्ट्रले पहल गर्ने निर्णय समेत गरेको छ । बैठकले महासंघको विधान पनि पारित गरेको छ । उक्त बैठकले नै राखेप सदस्य–सचिव केशवकुमार विष्टलाई उपाध्यक्षमा मनोनित गरेको छ । यसअघि सदस्य–सचिव विष्ट महासंघको सदस्य थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *