कोचेस सर्टिफिकेसन सुरु

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा कोचेस सर्टिफिकेसन प्रोग्राम बुधबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
तीन महिने प्रोग्राममा तेक्वान्दो, एथलेटिक्स, फुटबल, कराते, टेबलटेनिस, भलिबल, खोखो, कबड्डी र भारोत्तोलनका १ सय ६२ जना सहभागी छन् । उनीहरुलाई आ–आफ्नो खेल र खेलकुद विज्ञानका विषयमा प्रशिक्षण दिइनेछ ।
खेलकुदका जनशक्तिलाई अझ दक्ष बनाउने उद्देश्यले आयोजित प्रोग्रामको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । उनले पहिलो हुनेलाई वैदेशिक प्रशिक्षण र दोश्रो÷तेश्रो हुनेलाई शुल्क निशुल्क गरिने प्रतिबद्धता जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *