खेलाडी संघमा दीपक श्रेष्ठ

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
खेलाडी संघको शुक्रबार भएको चौथो साधारण सभा एवं निर्वाचन बाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यस अघिको कार्य समितिमा महासचिवमा कार्यरत रहेका थिए ।
२० सदस्यिय निर्वाचित कार्य समितिको पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापित, दीपक महर्जन, हरि खड्का, कान्छिमाया कोजु र दीपक थापा रहेका छन् । यस्तै महासचिवमा शिवसुन्दर गोथे, उपमहासचिवमा मन्डेकाजी श्रेष्ठ र सचिवमा कमलबहादुर अधिकारी रहेका छन् । कोषाध्यक्षमा आङ्गबाबु लामाले निरन्तरता पाएका छन् । संधका सदस्यहरुमा टिकाराम श्रेष्ठ, रमेश कुमार श्रेष्ठ, सरोज श्रेष्ठ, दिनेश श्रेष्ठ, भोला सिलवाल, निशा रावल, नविता श्रेष्ठ, फुपु ल्हामु खत्री, शिरिष गुरुङ्ग र फुलमाया क्याप्छाकी रहेका छन् । अध्यक्ष लगायत सवै निर्विरोध निर्वाचित भएका हुन् ।
यसै विच नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षको रुपमा दुई कार्यकाल सफलतापूर्वक सम्हालेका निवर्तमान अध्यक्ष दीपक बिष्टलाई उनको कार्यकालमा गरिएको कामको उच्च मुल्याङकन गर्दै संघको मानार्थ अध्यक्षमा चयन गरिएको छ ।
निर्वाचित सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत राष्ट्रिय खेलकुद परिषद संघ संस्था समन्वय शाखा प्रमुख डेम बहादुर बस्नेतले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
२७ सदस्यिय कार्य समितिमा अव दुई उपाध्यक्ष र पाँच सदस्य नयाँ कार्यसमितिको बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।
निर्वाचन पश्चात अध्यक्ष श्रेष्ठले खेलाडी संघ सदा खेलाडीहरुको हक हितको लागि डटेर लागि परेको भन्दै आगामी दिनमा खेलाडीहरुको लागि अझ शसक्तरुपमा आवाज उठाउने बताए ।
यस अघि साधारण सभाको प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार बिष्टले उद्घाटन गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *