निशालाई स्वर्ण

थाइल्यान्डको चोन्बुरीमा भएको दोश्रो बुराफा युनिभर्सिटी तेक्वान्दो प्रतियोगितामा नेपालीकी निशा श्रेष्ठले शनिबार स्वर्ण जितेकी छन् । निशाले एकल पुम्सेमा स्वर्ण जितेकी हुन् ।
त्यस्तै विनोद बस्नेतले ग्योरोगीमा रजत र पुम्सेमा कांस्य, राजेशकुमार तामाङले ग्योरोगीमा रजत तथा दीपक दुलालले ग्योरोगीमा रजत र पुम्सेमा कांस्य हात पारे । प्रज्ज्वल दवाडी, प्रवेश दवाडी, दिनेश राई, सन्तोष पौडेल, अनिल आले र मेलिना गुरुङले ग्योरोगीतर्फ तेश्रो स्थान हात पारे । फुलमाया कुमालले पुम्सेमा कांस्य जितिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *