पलिस्थालाई स्वर्ण

पलिस्था कक्षपतिले १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । पलिस्थाले महिला क्याडेट ३० केजीमा भारतकी भुवनेश्वरीलाई पराजित गरी स्वर्ण जितेको नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

थाइल्यान्डमा भइरहेको प्रतियोगिताको पुरुष ५७ केजीमा राहुल श्रेष्ठले कांस्य जिते । कांस्य पदकको भिडन्तमा राहुलले ब्राजिलका खेलाडीलाई हराएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *