अजित सम्मानित

नेपाल एथलेटिक्स संघले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजितकुमार यादवलाई मंगलबार सम्मान गरेको छ ।

एथलेटिक्स संघले अजितलाई टीभीएस मोटरसाइकल प्रदान ग¥यो । प्रशिक्षक चौधरीलाई नगद १ लाख प्रदान ग¥यो । चौधरी भने सहोदर दाइको निधनका कारण कार्यक्रममा उपस्थित हुन असमर्थ रहे । अजितलाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले मोटरसाइकलको साँचो हस्तान्तरण गरे ।

सोही अवसरमा नविल बैंक, गोल्डस्टार, रुसलान, गोल्छा अर्गनाइजेसन र होटल अन्नपूर्णले मासिक १२ हजारका दरले जम्मा ६० हजार रुपैयाँ १ वर्षसम्मका लागि अजितलाई प्रदान गर्ने घोषणा गरेका थिए ।

साथै अन्नपूर्णले १ वर्षसम्मका लागि पौडी र जिमको सुविधा निःशुल्क उपलब्ध गराउने पनि प्रतिबद्धता जनायो । उक्त सुविधा वार्षिक २ लाख रुपैयाँ बराबर रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *