यसरी बन्दैछ नेपालगन्ज रंगशालामा भिआइपि प्याराफिट (फाेटाे फिचर)


नेपालगञ्ज, १४ चैत । नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट जडानको कामलाई तिव्र रुपमा अघि बढाइएको छ ।

प्याराफिटको अन्य प्रावधिक काम सगं सगै ठडाउने कामलाई पनि अघि बढाइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जनाए । १० भित्र भिआइपि प्याराफिट निर्माण सक्ने गरी काम थालनी गरीएको मध्यपश्चिम खेलकुद विकास प्रदेश नम्बर ५ का अध्यक्ष भिम वलिले जानकारी दिए ।

प्रावधिक इन्जिनियरहरु समयमै प्याराफिट निर्माण गरीसक्ने उदेश्यका साथ दिनरात खटिएको अध्यक्ष वलिले बताए । चैत्र २७ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने लक्ष्य अनुरुप नै कार्य विभाजन भए स्वरुपनै कामलाई तिव्रता दिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

भिआईपि प्याराफिट कस्तो बनिरहेको छ भनेर अनुगमन गर्न सरोकारवाला निकाय, खेल प्रेमि तथा सञ्चारकर्मिहरुलाई राष्ट्रिय खेलकुद परिषदले अनुरोध समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *