युवा क्रिकेट टिमलाई सदस्य सचिवद्वारा विदाई

नेपाली युवा क्रिकेट टिम अर्को साताबाट शुरु हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोटको लागि नेपाली युवा क्रिकेट टिम मलेसिया प्रस्थान गरेको छ ।


नेपाली युवा टिमलाई राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव केशबकुमार विष्ट र नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जगत टमटाले राष्ट्रिय झण्डा प्रशिक्षक विनोद दास र कप्तान रोहितकुमार पौडेललाई हस्तान्तरण गर्दै विदाई गरे ।


विदाई टोलीमा १४ खेलाडी र ३ अफिसियलसहित कुल १७ जना रहेका छन् । सबै खेलाडीलाई खादा र माला लगाएर विष्टले विश्वकप छनोटको लागि विदाई शुभकामना दिएका थिए ।


अप्रिल १२ देखी १८ सम्म मलेसियामा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । जसमा शीर्षस्थानमा रहने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ एक दिवसीय विश्वकप खेल्न पाउँनेछ । जारी प्रतियोगितामा नेपाललाई प्रमुख दावेदार मानिएको छ । कप्तान रोहित र प्रशिक्षक दासले नेपाल विश्वकप खेल्नेमा आफु विश्वत रहेको बताए ।


नेपालले १२ अप्रिलमा सिंगापुरसँग पहिलो खेल खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । दोस्रो खेल १३ अप्रिलमा यूएई, १५ अप्रिलमा मलेसिया,१६ अप्रिलमा ओमान र १८ अप्रिलमा कुवेतसँग खेल्ने कार्यतालिका रहेको छ ।

नेपाली यू–१९ क्रिकेट टोलीको कप्तानी यस पटक रोहितकुमार पौडेलले गरेका छन् । यसैगरी आशिफ शेख, पवन शर्राफ, भीम सार्की, सन्दीप जोरा, सागर ढकाल, रित गौतम, कमलसिंह ऐरी, राशिद खान, सूर्य तामाङ रहेका छन् ।

यसैगरी अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान र प्रतिस जिसी रहेका छन् । नेपाली टोलीको प्रशिक्षकको रुपमा विनोद दास छन् भने टेक्निकल म्यानेजरको रुपमा रमन शिवाकोटी र फिजियोमा बिक्रम न्यौपाने पनि मलेसिया प्रस्थान गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *