फेन्सिङमा आर्मी टिम च्याम्पियन

आठौं राष्ट्रिय खेलकूद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङमा विभागीय क्लब त्रिभुवन आर्मी च्याम्पियन बनेको छ ।
६ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै आर्मी समग्रमा टिम च्याम्पियन बनेको हो ।

यसैगरी अर्को विभागीय क्लब एपीएफ दोस्रो स्थानमा रहँदा प्रदेश ३ तेस्रो भयो ।
दोश्रो भएको एपीएफले ३ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । ३ स्वर्ण, २ रजत र ६ कांस्यसाथ प्रदेश ३ ले तेश्रो स्थानमा चित्त बुझाएको हो ।
प्रतियोगितामा प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कांस्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा यात्रा टुंगाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सैलेश कर्माचार्य, सदस्य उपेन्द्र पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालगन्ज रंगशालाको कभर्डहलमा चैत २८ गतेदखि सुरु प्रतियोगतामा १ सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *