पुरुष हक्कीमा प्रहरी समूह विजेता

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरी समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेका छ ।

हक्कीमा पहिलो पटक सहभागी प्रहरीले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित ग¥यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए । समूह ‘बी’ बाट प्रदेश ७ उपविजेताका हैसियतले सेमिफाइनलमा पुगेको छ । प्रदेश ७ ले प्रदेश १ लाई ३–१ गोलले हरायो ।

विजयी टिमका लागि दीपकराज जोशीले २ तथा सुमितकुमार कामीले १ गोल गरे । प्रदेश १ का मनीष मगरले १ गोल फर्काए । गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० ले हराउदा प्रेम विक र प्रदीप नेपालीले १–१ गोल योगदान गरे ।

यो समूहबाट प्रदेश ५ विजेतका रुपमा सेमिफाइनलमा पुगिसकेको छ । महिलामा गण्डकीले प्रदेश १ लाई ४–० ले पन्छायो । मिना परियारले २ तथा देवीका विक र कमला रोकाले १–१ गोल गरे । अर्को खेलमा प्रदेश ७ ले प्रदेश ३ माथि १०–० को सहज जित रच्यो । निकिता पाण्डेले ४, अनु गुरुङले ३, समरा भट्टले २ र सुनिता नेगीले १ गोल गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *