लनटेनिस : एपीएफलाई थप दुई स्वर्ण

रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुदअन्तरगत लन टेनिसमा एपीएफ क्लबले दुई स्वर्ण थपेको छ। देविनगरस्थित लन टेनिस कोर्टमा आईतबार भएको महिला युगल र पुरुष युगलमा एपीएफले स्वर्ण जितेको हो ।

महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६(१, ६(२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो ।

यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नं ४ कि श्रेया भट्टराई र रोजिता बुद्धाचार्यको जोडी तेस्रो हुदै कास्य पदकमा चित्त बुझाएका छन ।यसैगरि पुरुष युगलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडिलाई ६(२, ६(४ को सोझो सेटमा पराजित गर्दै संवरण जितेका हुन।

यसैगरि धर्म लामिछाने र अनिल शाही तथा छेवाङ लामा र सन्तोष खत्रीको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन ।पुरुष एकलतर्फ आईतबार भएको पहिलो सेमीफाईनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले एपीएफका सन्तोष खत्रीलाई ६(०, ६(३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को सेमीफाईनलमा नेपाली सेनाका प्रनव खनालले प्रदेश नं ४ का प्रदिप खड्कालाई ६(३, ७(५ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि महिला एकलतर्फको पहिलो सेमीफाईनलमा नेपाली सेनाका अभिलाषा विष्टले प्रदेश नं ३ का रायना शाहलाई ६(२, ६(० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।

यसैगरि दोस्रो सेमीफाईनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाकी ईरा रावतलाई ६(०, ५(७, ६(२ को जित निकाल्दै फाईनलमा प्रवेश गरेका छन । फाईनल सोमबार हुने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *