स्क्वास : कृष्णाको चौथो जित

आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला राउन्ड रोविन लिगमा गण्डकी प्रदेशकी कृष्णा थापाले लगातार चौथो जित हात पारेकी छन् । 

कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३–११, ११–६, ११–७, ७–११ र ११–६ को सेटमा पराजित गरिन् । ६ खेलाडी सहभागी राउन्ड रोविन लिगमा डिफेन्डिङ च्याम्पियन प्रदेश ३ की भावना सुनुवारले चारै खेल जितेकी छन् ।

अब सोमबार हुने कृष्णा र भावनाबीचको खेलले उपाधि विजेताको टुंगो लाग्ने छ ।पुरुष टिममा प्रदेश ३ ले एपीएफ तथा गण्डकीले प्रदेश १ लाई समान २–० को सोझो सेटमा पाखा लगाउदै उपाधि भेट पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *