बास्केटबल : प्रदेश ३ दोहोरो उपाधिनजिक

आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष÷महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित ग¥यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे ।

फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ । अर्को सेमिफाइनलमा आयुश सिंहको १९ अंक सहयोगमा आर्मीले नेपाल प्रहरीलाई ८५–७१ ले हरायो । महिलामा प्रदेश ३ ले आर्मीमाथि ३९–२३ को जित दर्ता ग¥यो ।

प्रदेश ३ की एलिना गुरुङले ९ अंक जोडिन् । उपाधिका लागि प्रदेश ३ ले प्रहरीसंग भिड्ने छ । प्रहरीले सुदूरपश्चिमलाई ५५–४४ ले पाखा लगायो । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *