बास्केटबल : आर्मी र प्रहरीलाई उपाधि

आठौंअन्तर्गत राष्ट्रिय बास्केटबलको पुरुषमा आर्मी र महिलामा प्रहरी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा प्रदेश ३ चुक्यो । दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित ग¥यो ।

आर्मीका रामकृष्ण घतानेले २३ अंक जोडे । प्रहरीले प्रदेश ४ ७४–५४ ले हराउदै तेश्रो भयो । प्रहरीका विकास गुरुङले १४ अंक जोडे । महिलाको उपाधि भिडन्तमा प्रहरीले प्रदेश ३ लाई ४५–२९ ले पाखा लगायो । प्रहरीकी अनुषा मल्लले १३ स्कोर गरिन् । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५१–३९ ले पन्छायो । विजयी टिमका लागि ग्रीष्मा सिलवालले ११ अंक जोडिन् । पुरुषमा १० र महिलामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *