शनि सेमिफाइलनमा

नेपाल आर्मीका शनिसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

    शनिसंगै केन्द्रीय डोाजेका महेश भुजेजल र ओमप्रकाश शाही तथा आर्मीका विकास गुरुङ सेमिफाइनलमा पुगे । महिला ५५ केजीमा केन्द्रीय डोजोकी भलकुमारी महतो, लुम्बिनीकी अनमिका थारु, भकुण्ड बेसीकी प्रीति तामाङ र आर्मीकी अनुपा नेपाली सेमिफाइनलमा पुगे ।

    महिला खुलामा आर्मीकी मन्जु विक, लुम्बिनीकी सिर्जना थापा मगर, नेपालगन्जकी सविता खान र आर्मीकी शान्ति थापा मगर सेमिफाइनलमा पुगे ।

    प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *