विशेष खेलकुद सम्पन्न

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता शुक्रबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ ।

    विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौलाले एकक कार्यक्रमबीच पुरस्कृत गरिन् । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा गरेका थिए । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ १ सय खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै ७५ खेलाडी सहभागी शारीरिक अपाङ्गतर्फ १० स्पर्धा समावेश थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *