लाक्पा सचिवमा मनोनित

नेपाल उसु महासंघका महासचिव लाक्पा छिरिङ लामा दक्षिण एसियाली उसु महासंघका सचिवमा मनोनित भएका छन् ।
दक्षिण एसियाली उसु महासंघको सोमबार नेपालमा सम्पन्न बैठकले लाक्पालाई सचिवमा मनोनित गरेको नेपाल उसु महासंघले जनाएको छ । त्यस्तै नेपाल उसु महासंघका कोषाध्यक्ष लानम लामालाई बैठकले सदस्यमा मनोनित गरेको छ ।
दक्षिण एसियाली उसु महासंघका अध्यक्ष मल्लिकको अध्यक्षतामा बसेको बैठकले नेपालमा सेप्टेम्बर २४ देखि २९ तारिखसम्म दक्षिण एसियाली जज सेमिनार आयोजना गर्ने निर्णय पनि गरेको छ । 
बैठकमा नेपालसहित बंगलादेश, श्रीलंका र पाकिस्तानको सहभागिता रहेको थियो भने एसियाली उसु महासंघका अध्यक्ष लोन फकको पनि उपस्थिति थियो । सो अवसरमा बंगलादेश उसु संघका अध्यक्षले नेपाल उसु महासंघका अध्यक्ष एवं निवर्तमान सदस्य–सचिव केशवकुमार विष्ट र महासचिव लामालाई मायाको चिनो प्रदान गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *