रुचाल सम्मानित

थाईल्यान्डको बैककमा सम्पन्न १३ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागी खेलाडी गुणराज रुचाललाई नेपाल राष्ट्रिय मुवाँथाई संघले मुवाँथाई बर्ष खेलाडी २०७२ बाट बिहिबार सम्मान गरेको छ ।
नयाँ शक्ति पार्टीका युवा तथा खेलकुद विभाग प्रमुख गंगा नारायण श्रेष्ठले रुचाललाई प्रशंसा पत्र प्रदान गरे । यस्तै नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेश कक्षपतीले रुचाललाई संघको तर्फबाट नगद १० हजार प्रदान गरे । रुचाललाई विश्व च्याम्पियनसिपमा ६० केजी तौलमा सहभागी भई विश्वका उत्कृष्ट खेलाडीहरुको सहभागिता रहने खेलमा अर्मानियाका खेलाडीसंग निकैनै रोचक प्रतिस्पर्धा गर्दै ३ राउण्ड खेल खेल्दै राष्ट्रको नाम उच्च राख्न सफल भएको भन्दै सम्मान गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *