सदस्य–सचिव विष्ट रुस प्रस्थान

काठमाडौं, असार २० गते ।
रसियाको याकुजमा हुने छैटौं चिल्डे«न अफ एसिया इन्टरनेसनल स्पोर्ट्स गेम्समा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाली टोलीको ‘सेभ दि मिसन’ का रुपमा सहभागी हुन सदस्य–सचिव त्यसतर्फ प्रस्थान गरेका हुन् । जुलाई ५ देखि १२ तारिखसम्म हुने गेम्समा नेपालले बक्सिङ, तेक्वान्दो, टेबलटेनिस र जुडोमा भाग लिने छ । प्रत्येक खेलमा २ का दरले जम्मा ८ खेलाडीले गेम्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
सदस्य–सचिव विष्टको अनुपस्थितिमा राखेपका सदस्य गंगाबहादुर थापाले निमित्त सदस्य–सचिवको कार्यभार सम्हाल्ने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *