• रोजिल, ओजेश र आयुश प्रथम

      ३० जेष्ठ २०७३, आईतवार १०:२३        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले सञ्चालन गरेको लेभल वान कोर्षको क्रिकेटमा रोजिल थापा, फुटबलमा ओजेश पोखरेल तथा टेबलटेनिसमा आयुश गौतम प्रथम भएका छन् । त्यस्तै लेभल टुको क्रिकेटमा अनिललाल प्रधान र शशांक जोशी, फुटबलमा एलस श्रेष्ठ तथा टेबलटेनिसमा प्रबोध केसी प्रथम भए । लेभल वान र टुमा जम्मा २

  • अश्बिन, मेलिना र साकारलाई स्वर्ण

      ३० जेष्ठ २०७३, आईतवार ०९:२१        राखेप

    हिमरश्मीका अश्बिन अधिकारी, फेयरल्यान्डकी मेलिना प्रधान र न्युटनका साकार मैनालीले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अश्बिन सिनियर ब्वाइज, मेलिनाले सिनियर गल्र्स तथा साकार जुनियर ब्वाइज सिंगल्समा पहिलो भए । सामाखुशीस्थित पुष्पकुञ्ज स्कुलको संयोजनमा अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा अश्बिनले नव बुद्धका कमल श्रेष्ठलाई ११–७,

  • कार्कीको लपु–लुम्बिनी च्यारिटी दौड

      ६ जेष्ठ २०७३, बिहीबार ०८:४४        राखेप

    धावक रामसुन्दर कार्कीको ललितपुरदेखि लुम्बिनीसम्मको च्यारिटी दौड बुधबारदेखि प्रारम्भ भएको छ । जावखेलस्थित नेपाल बाल संगठनको प्राङ्गणदेखि कार्कीले दौड यात्रा प्रारम्भ गरेका हुन् । कार्कीलाई पूर्व सांसद रामकृष्ण चित्रकारलगायतले सफलताको शुभकामना दिदै बिदाइ गरे । यसअघि उपत्यकादेखि लुम्बिनीसम्म कार्कीले पाँचपटक दौडि सकेका छन् । दौडका दौरान कार्कीलाई कुमार कार्कीले स्कर्टिङमा सहयोग गरिरहेका छन् । २०७२

  • आठ वर्षमुनि मन्थन र प्रशंसा च्याम्पियन

      ६ जेष्ठ २०७३, बिहीबार ०८:४२        राखेप

    काठमाडौं, जेठ ५ गते । मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा मन्थनले सक्षमविक्रम शाहलाई १०–५ र १०–६ को सोझो सेटमा पराजित गरे । राजवीर प्रधान र शिवेन महर्जन संयुक्त रुपमा तेश्रो भए । गल्र्सको राउन्ड रोविन लिगको

  • जीवन रक्षा कोर्ष सम्पन्न

      ६ जेष्ठ २०७३, बिहीबार ०६:५१        राखेप

    इन्टरनेसनल लाइफ सेभिङ फेडेरेसनको सहयोग तथा नेपाल पौडी संघको आयोजनामा लाइफ सेभिङ कोर्ष शनिबार सम्पन्न भएको छ । पाँचदिने कोर्षमा ४५ जनाको सहभागिता रहेको पौडी संघले जनाएको छ । सहभागीलाई राष्ट्रिय लाइफ सेभिङ, भारतका संस्थापक अध्यक्ष पुरुषोत्तम शर्मा र उपाध्यक्ष युसुफले सम्बन्धित विविध पक्ष बारे जानकारी गराएका थिए । सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द्र

  • ब्याडमिन्टन साधारणसभा

      ६ जेष्ठ २०७३, बिहीबार ०६:५०        राखेप

    साग पदक विजेता नगदसहित सम्मानित ः साधारण सभाको उद्घाटन सत्रमा ब्याडमिन्टन संघले भारतमा गत फेब्रुअरीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान ग¥यो । सागको ब्याडमिन्टनमा नेपालले महिला स्पर्धामा दुई कांस्य जितेको थियो । महिला सिंगल्स र टिममा कांस्य हात पारेको हो । महिला

  • ब्याडमिन्टन नेतृत्वमा रामजी

      ६ जेष्ठ २०७३, बिहीबार ०६:४९        राखेप

    तीनपटकका सिनियर÷जुनियर पूर्व ब्याडमिन्टन राष्ट्रिय च्याम्पियन रामजीबहादुर श्रेष्ठ नेपाल ब्याडमिन्टन संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न ब्याडमिन्टन संघको पाँचौं साधारणसभाले अध्यक्षसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो । आठ उपाध्यक्षमा नरेशबहादुर सिंह, विश्वेस श्रेष्ठ, सुवास श्रेष्ठ, चन्द्रशेखर लामा, ध्रुव महर्जन, गोविन्दबहादुर स्वार, मिनबहादुर केसी तथा राजेन्द्रमान श्रेष्ठ रहेका छन् ।