• दोश्रो मनमोहन स्मृति उपत्यकाव्यापी करातेको उद्घाटन गर्ने क्रममा सूचना, सञ्चार तथा प्रवधि गोकुलप्रसाद बाँस्कोटा (दायाँ) रेफ्री सह संयोजक महेश रन्जितलाई खेल सामाग्री प्रदान गर्दै

      ५ जेष्ठ २०७६, आईतवार ०१:५७        राखेप

  • सेपकताक्रो : आर्मीद्वारा क्लिन स्विप

      ९ बैशाख २०७६, सोमबार २१:२१        राखेप

    आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ । बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित ग¥यो । त्यसअघि आर्मीले महिला डबल्स तथा पुरुष÷महिला रेगुको फाइनल जितेको थियो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच

  • भारोत्तोलनमा देवी, प्रकाश र कमलाले बनाए राष्ट्रिय कीर्तिमान

      ७ बैशाख २०७६, शनिबार १६:३६        राखेप

    आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी आठौ महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तलन प्रतियोगिता अन्तरगत शनीबार भएको महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।

  • आर्चरी : अशिम र मुकेश फाइनलमा

      ७ बैशाख २०७६, शनिबार १६:२१        राखेप

    आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् । सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ तथा आर्मीकी मित्र राईले

  • खो खो : आर्मीको दोहोरो जित

      ७ बैशाख २०७६, शनिबार १६:१८        राखेप

    आठौंअन्तर्गत राष्ट्रिय खो खोमा आर्मीले दोहोरो जित हात पारेको छ । पुरुषमा आर्मीले प्रदेश ५ लाई १८–१६ र महिलामा प्रदेश १ लाई २९–० ले पराजित ग¥यो । पुरुषको अर्को खेलमा एपीएफले प्रदेश ४ लाई १४–५ ले हरायो ।महिलाको अन्य खेलमा प्रदेश ३ ले प्रदेश ४ लाई १९–१३, प्रदेश ५ ले प्रदेश ६ लाई २५–३ र

  • कबड्डी : आर्मीलाई दोहोरो उपाधि

      ४ बैशाख २०७६, बुधबार २०:२२        राखेप

    आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुष÷महिला दुवैको उपाधि आर्मीले जितेको छ । सातौं राष्ट्रिय खेलकुदमा पनि पुरुष÷महिला दुवैमा च्याम्पियन बनेको थियो । बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित ग¥यो । महिला फाइनलमा आर्मीले अर्को विभागीय टोली प्रहरीलाई ३६–२१ ले हरायो । चैत ३० गतेदेखि सुरु प्रतियोगिताको पुरुष÷महिला दुवैमा समान

  • बास्केटबल : आर्मी र प्रहरीलाई उपाधि

      ४ बैशाख २०७६, बुधबार १३:१९        राखेप

    आठौंअन्तर्गत राष्ट्रिय बास्केटबलको पुरुषमा आर्मी र महिलामा प्रहरी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा प्रदेश ३ चुक्यो । दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित ग¥यो । आर्मीका रामकृष्ण घतानेले २३ अंक जोडे । प्रहरीले प्रदेश ४ ७४–५४ ले हराउदै तेश्रो भयो । प्रहरीका विकास गुरुङले १४ अंक जोडे

  • आठौं राष्ट्रिय सम्बन्धि सदस्य सचिवकाे अपिल

      ४ बैशाख २०७६, बुधबार ००:३६        राखेप

    हामी आठौं राष्ट्रिय खेलकुदको पुर्व सन्ध्यामा छौं । नेपाली खेलकुदकै बहुप्रतिक्षित एवं प्रतिष्ठित खेलकुद महोत्सव आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बैशाख ५ गते बेलुकी ६ बजे सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्युले गर्नुहुनेछ । बृहत राष्ट्रिय खेलकुद सिंगो देश जोड्ने सुवर्ण अवसर हो । पुर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरका सेताम्मे हिमालदेखि समथर तराइका खेलाडीहरु सात प्रदेश, तीन

  • बास्केटबल : प्रदेश ३ दोहोरो उपाधिनजिक

      ३ बैशाख २०७६, मंगलवार २०:२२        राखेप

    आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष÷महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित ग¥यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे । फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ । अर्को सेमिफाइनलमा आयुश सिंहको १९ अंक सहयोगमा आर्मीले

  • जुडो : मिक्स टिममा आर्मीलाई स्वर्ण

      ३ बैशाख २०७६, मंगलवार १२:२४        राखेप

    आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए ।एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो । आर्मीबाट पुरुषमा जंगबहादुर