एसियन जोनल चेसमा बंगलादेशी ग्रान्डमास्टर रकिबको एकल अग्रता

बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह (२४९२) काठमाडौंमा जारी एसियन जोनल ३.२ चेस च्याम्पियनसीपमा एकल अग्रता लिन सफल भएका छन् । शुक्रबार सम्पन्न छैटौं चरणमा आफ्नै देशका ग्रान्डमास्टर नियाज मुर्सीद (२४२२) लाई हराएका रकिबको ६ खेलबाट ५ अंक भएको छ । दुई ग्रान्डमास्टर बिच भएको रोचक भिडन्तमा नियाजले आक्रामक खेल शैली अपनाएका थिए । किंग्स […]

7 (1)

आइओएफटीसीको १२ औं संस्करण पूर्वाञ्चलको इटहरीमा

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १२ औं संस्करण पूर्वाञ्चलको इटहरीमा हुने भएको छ । आइओएफटीसीका टुर्नामेन्ट डाइरेक्टर दिवाकर महर्जनले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गर्दै १२ औं संस्करणमा पूर्वाञ्चलको इटहरीमा सन् २०१८ मा गर्ने घोषणा गरेका गरे । पुर्वमा पहिलो पटक आइओएफटीसी हुन लागेको हो । यसअघि काठमाडौंमा २ पटक र पोखरामा एक पटक […]

नेपाललाई टेबलटेनिसमा पदक

नेपालले आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा दुई पदक जितेको छ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यका अनुसार नेपालले टिम इभेन्टको पुरुषमा स्वर्ण र महिलामा रजत जितेको हो । भारतको मेघालयस्थित सिलोङमा भएको पुरुष टिम इभेन्टमा नेपालले भुटान र भारतलाई समान ३–० को नतिजामा पराजित ग¥यो । नेपाली पुरुष टिममा […]

5 (1)

नेपाललाई तीन पदक

थाइल्यान्डको बैंककमा भएको दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले १ रजतसहित ३ पदक जितेको छ । पुरुषको ५७ केजीमा सविनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कांस्य जिते । गत संस्करणका स्वर्ण विजेता निकेशले यसपटक कांस्यमै चित्त बुझाएका हुन् । नेपालबाट ४ पुरुष खेलाडीले सहभागिता जनाएकोमा ५४ केजीमा […]

Rollball

रोलबल टोलीलाई बिदाई

मित्र राष्ट्र भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रथम आईपिएल आरएस अल ईन्डिया तथा तेश्रो अल ईन्डिया गोल्ड रिङक रेस रोलर स्केटिङ्ग च्याम्पियनसिप २०१७ मा सहभागी हुन जाने नेपाली रोलबल टोलीलाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य माननिय सांसद कल्पना चौधरीले बिहिबार एक कार्यक्रमविच त्रिपुरेश्वरस्थित सेमी–कभर्डहलमा शुभकामना सहित बिदाई गरिन् । चैत्र १२ र १३ गते […]

20170323_154000

मार्सल सेल्फ डिफेन्सको झण्डा सगरमाथामा फहराउने

नेपाल मार्सल सेल्फ डिफेन्स संघको झन्डा बिश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने भएकोछ । पर्वतारोही ल्हाक्पा गेल्बु शेर्पाले उक्त झन्डा बैशाख तेश्रो साता सगरमाथा आरोहणको क्रममा सर्वोच्च शिखरमा फहराउने भएका हुन् । बिहिबार एक कार्यक्रमविच मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य माननिय सांसद कल्पना चौधरी र राष्ट्रिय खेलकुद परिषद प्रशासन प्रमुख सुरेश कुमार ढुङ्गगाना, संघका केन्द्रिय […]

4 (1)

राष्ट्रिय टिम तयारीका खेलाडीसंग भेट

काठमाडौं चैत ८ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय टिम तयारीमा रहेका खेलाडीहरुसंग मंगलबार भेट गरेका छन् । सम्बन्धित खेलका मुख्य प्रशिक्षक, राष्ट्रिय टिम तयारीका प्रशिक्षकलगायतको उपस्थितिमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाडीलाई भेट गरी तालिमका विषयमा सदस्य–सचिव विष्टले जानकारी लिएका थिए । सो अवसरमा सदस्य–सचिव विष्टले खेलाडीलाई अनुशासनमा विशेष ध्यान दिन […]

1 (4)

विश्व मुवाथाईमा सञ्जयलाई स्वर्ण

थाइल्यान्डको बैंककमा भएको चौधौ विश्व मुवाथाई च्याम्पियनसिपमा नेपालका सञ्जय राईले स्वर्ण जितेका छन् । नेपाल राष्ट्रिय मुवाथाई संघ नेपालका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार सञ्जयले प्रतियोगिताको पुरुष ४८ केजी तौलसमूहको फाइनलमा सञ्जयले स्पेनका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । हरेक वर्ष हुने प्रतियोगितामा नेपालले सातौं संस्करणदेखि नियमित सहभागिता जनाउदै आएकोमा पहिलो पटक स्वर्ण जितेको अध्यक्ष […]

som bdr kumal

सोमलाई स्वर्ण

ब्रुनईमा भएको ब्रुनई ओपन एथलेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर दौडमा नेपालका सोमबहादुर कुमालले स्वर्ण जितेका छन् । ४ सय मिटर दौडमा पनि सहभागी सोमले उक्त स्पर्धामा रजत जितेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् । दुईदिने प्रतियोगितामा सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ पुरुषमा उत्कृष्ट खेलाडी चुनिएका सोमले मार्च १८ तारिखमा स्वर्ण र मार्च […]

1 (4)

दीपक र फणिन्द्र विशेष प्रशिक्षणमा

काठमाडौं चैत ७ गते । कराते प्रशिक्षक विशेष प्रशिक्षणमा सहभागी हुन दीपक श्रेष्ठ र फणिन्द्र ओझा सोमबार जापानको सिघा प्रस्थान गरेका छन् । मार्च २० देखि एक महिनासम्म चल्ने प्रशिक्षण सोतो कराते डो संघ, सिघाको आयोजनामा हुन लागेको हो । सोही अवसरमा हुने ग्रेडिङमा पनि दीपक सहभागी हुन कार्यक्रम छ । दीपक पाँचौं डान हुन् […]

FederationsView All

समाचार / गतिबिधि View All