राष्ट्रिय खेलकुद परिषद्ले चालु आब भित्र सम्पन्न गर्ने गरि ५ वटा भौतिक पूर्वाधार निर्माण सम्बन्धी स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ । झापाको दमकमा निर्माण भईरहेको नारायण ज्याती बहुउद्देश्य कभर्डहलको कम्पाउण्ड बाल लगाउने कार्यका लागि राखेपले दश लाख उपलब्ध गराउने भएको छ । सो सम्बन्धमा राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रवहादुर
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम प्रदेश १ को विराटनगरमा मंगलबारदेखि सुरु भएको छ । कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।कार्यक्रममा प्रदेश १ का १६ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन र अन्तर्राष्ट्रिय पदक विजेता गरी १ सय ३० जनाको सहभागिता रहेको छ ।पहिलो दिन सदस्य–सचिव सिलवालले
काठमाडौं माघ २२ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बिहीबार भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सम्पन्न भएको छ ।बागमती प्रदेश स्तरीय कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो ।दोश्रो तथा अन्तिम दिन राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले एक्सपिरियन्स सेरिङ, राजेन्द्र तुलाधरले
काठमाडौं माघ २१ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बुधबारदेखि भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सुरु भएको छ ।बागमती प्रदेश स्तरीय कार्यक्रमको युवा तथा खेलकुद मन्त्री दावा तामाङले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको छ ।दुईदिने
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्र उत्पादक क्षेत्र भएको बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘खेलकुदसंग प्रधानमन्त्री’ अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताए हुन् ।‘खेलुकदले सिंगो राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण भूमिका खेली रहेको हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले सफलता हात पार्दा सिंगो देश र देशवासी
पत्रकार मित्रहरुराष्ट्रिय खेलकुद परिषद्ले २०७७ माघ २० गते “खेलकुदसँग प्रधानमन्त्री” अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू स्वयंम खेलाडी, प्रशिक्षक र खेलकर्मीमाझ उपस्थित भएर खेलकुदका बारेमा जानकारी लिने र निर्देशन दिने कार्यक्रमले हामीलाई थप उत्साहित बनाएको छ । नेपाली खेलकुदको बारेमा नेपाल सरकारले देखाएको चासो र
काठमाडौं, माघ ९– युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुद अभिमुखिकरण अन्तरक्रिया कार्यक्रमको शुक्रवार उद्घाटन गर्नुभएको छ । मन्त्री तामाङले बार्दियाको ठाकुरद्वारमा आयोजित दुईदिने अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नु भएको हो । सो अवसरमा मन्त्री तामाङले यस किसिमका अभिमुखी कार्यक्रमले खेल क्षेत्रलाई चलायनमान बनाउने धारणा व्यक्त गर्नु भएको छ । कोरोना भाइरसका कारण खेलक्षेत्र प्रभावित भइरहेको
काठमाडौं, पुस २८ गते ।नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावाङ तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मंगलबार आयोजित मन्त्री तामाङको स्वागत तथा बधाइ कार्यक्रममा सो कुरा बताएका हुन् ।‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालहरु संग सहकार्य गर्दै पन्छ्याउने छु । समयस्याका बारेमा चाँडै नै छलफल गर्छु
नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गले खेलकुद क्षेत्रको विकासका लागि सवैसंग छलफल गरेर अगाडी बढ्ने बताएका छन् । मन्त्रालयको तर्फबाट हुने सम्पूर्ण कार्यका लागि आफु सदा अगाडी बढ्ने तथा खेल क्षेत्रलाई परिणाममुखी र संदेशमुलक कसरी बनाउन सकिन्छ छलफलबाट अगाडी बढ्ने मन्त्रीले बताए । बुधबार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सिंहदरवारस्थित युवा तथा खेलकुद