• स्वास्थ्य सामाग्री हस्तान्तरण

      १४ असार २०७७, आईतवार १५:५७        राखेप

    काठमाडौं, असार १४ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफू मातहतमा कार्यरत विभिन्न निकायका कर्मचारीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइका कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई सामाग्री हस्तान्तरण गरे ।प्रदान गरिएका सामाग्रीमा पीपीई, केएन ९५ मास्क, सर्जिकल मास्क, फेस सिल्ड,

  • भलिबल प्रमुख प्रशिक्षकमा प्रज्वल

      १४ असार २०७७, आईतवार १४:३४        राखेप

    भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्वल बहादुर सिंह नियुक्त भएका छन् । २०७७/०३/१० गतेको सदस्य सचिव स्तरीय निर्णयानुसार सोही मिति देखि लागु हुने गरि उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।काठमाण्डौ जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बहादुर वि.क.द्वारा हस्ताक्षरित पत्रमा

  • पूर्व सदस्य–सचिव सिंहको निधन

      १३ असार २०७७, शनिबार १०:२८        राखेप

    काठमाडौं, असार १३ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् ।सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा

  • शाहीलाई जिम्मेवारी

      १० असार २०७७, बुधबार १७:२६        राखेप

    काठमाडौं, असार १० गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सुदिल शाहीलाई लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिइएको छ ।‘टेबलटेनिस खेलको समृद्धि र विकास, प्रशिक्षण तथा प्रतियोगितालगायत सम्पूर्ण गतिविधि सञ्चालन तथा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरको मर्मत संभार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धन गर्ने गरी तपाईंलाई जिम्मेवारी दिइएको छ ।’ राखेपका सदस्य–सचिव रमेशकुमार

  • टेटे मुख्य प्रशिक्षकमा ढुंगेल

      ७ असार २०७७, आईतवार १६:१९        राखेप

    काठमाडौं, असार ७ गते । राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक ९अधिकृत तृतीय० सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४

  • कीर्तिमानी रजत विजेता राजभण्डारीको सहयोगमा पीडितलाई राहत

      २३ बैशाख २०७७, मंगलवार ०९:५२        राखेप

    काठमाडौं, बैशाख २३ गते । एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ । सवितासहित उनका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं महानगरपालिका वडा ११ का २ सय पीडित परिवारलाई राहत प्रदान गरिएको हो

  • साग पदक विजेताको पुरस्कार बैंक खातामा पठाइयो

      ३ बैशाख २०७७, बुधबार १६:१४        राखेप

    काठमाडौं, बैशाख ३ गते । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ । जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ पठाइएको हो । त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७

  • सदस्य–सचिवको पहलमा ६ सय परिवारलाई राहत

      १ बैशाख २०७७, सोमबार ०९:१८        राखेप

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालको पहलमा कोरोना भाइरस (कोभिड – १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न परिवारलाई सोमबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ । सदस्य–सचिव सिलवालको पहलमा द्वारिका होटल र नोबेल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ६

  • कोभिड १९ राहत कोषमा राखेपको ३२ लाख

      १ बैशाख २०७७, सोमबार ०७:५६        राखेप

    काठमाडौं, चैत ३० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोभिड १९ राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ । राखेपका पदाधिकारी र कर्मचारीको तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन् । नेपाल सरकारको निर्णयानुसार राहत